ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्व प्रेमिकालाई छुरा प्रहार
ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् । एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरेका दिल्ली प्रहरीले जनाएको छ ।
ती महिलाको राष्ट्रिय राजधानीको जगजीवन राम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । दिल्ली विश्वविद्यालयकी छात्रा समेत रहेकी पूर्वप्रेमिकले झगडा गरेर बोलचाल बन्द गरेपछि २२ वर्षीय सुखविन्दर आक्रोशित भएका थिए । उनीहरु पाँच वर्षदेखि सम्बन्धमा थिए ।
उनले ती महिलालाई सोमबार दिउँसो दिल्लीको आदर्श नगरमा उनको घर नजिक बोलाएर छुरा प्रहार गरेको अधिकारीहरूले बताए । उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
भिडियोमा ती जोडी आवासीय क्षेत्रको लेनमा हिँडिरहेको र एकअर्कासँग कुरा गरिरहेको देखाइएको छ । छोटो कुराकानीपछि, सुखविन्दरले युवतीलाई धेरै पटक छुरा प्रहार गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण