मायाखोला हाइड्रोपावरको वैदेशिक कोटातर्फको सेयर बाँडफाँड
शनिबार, २३ पुस २०७९, १० : ४९

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक रहेको माया खोला हाइड्रोपावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको लागि सेयर बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्ट्याइएको सेयर मङ्सिर २३ देखि पुस ८ सम्म आवेदन खुलाइएको थियो । जसमा ८ हजार ८०७ जना आवेदकबाट ७ लाख ७४ हजार २३० कित्ता सेयरको आवेदन आएको थियो । जसमध्ये ५४८ आवेदकबाट प्राप्त ४७ हजार ३६० कित्ता सेयरको माग रद्द भएको थियो ।
बाँकी रहेका ८ हजार २५७ जना योग्य आवेदकबाट ७ लाख २६ हजार ८४० कित्ता सेयरको आवेदन आएको थियो । कम्पनीले १० कित्तादेखि ३० सेयर आवेदन गर्नेलाई माग बमोजिम तथा ४० कित्ताभन्दा माथि आवेदन गर्नेलाई ३० कित्ताका दरले सेयर बाँडफाँड भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै