मायाखोला हाइड्रोपावरको वैदेशिक कोटातर्फको सेयर बाँडफाँड
शनिबार, २३ पुस २०७९, १० : ४९
प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक रहेको माया खोला हाइड्रोपावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको लागि सेयर बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्ट्याइएको सेयर मङ्सिर २३ देखि पुस ८ सम्म आवेदन खुलाइएको थियो । जसमा ८ हजार ८०७ जना आवेदकबाट ७ लाख ७४ हजार २३० कित्ता सेयरको आवेदन आएको थियो । जसमध्ये ५४८ आवेदकबाट प्राप्त ४७ हजार ३६० कित्ता सेयरको माग रद्द भएको थियो ।
बाँकी रहेका ८ हजार २५७ जना योग्य आवेदकबाट ७ लाख २६ हजार ८४० कित्ता सेयरको आवेदन आएको थियो । कम्पनीले १० कित्तादेखि ३० सेयर आवेदन गर्नेलाई माग बमोजिम तथा ४० कित्ताभन्दा माथि आवेदन गर्नेलाई ३० कित्ताका दरले सेयर बाँडफाँड भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण