जसपा मधेस प्रदेश संसदीय दलको नेतामा राउत र यादवको उम्मेदवारी
सोमबार, २५ पुस २०७९, १३ : २८
जनकपुरधाम । जसपा मधेस प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज यादवले उम्मेदवारी दिएका छन् । राउतको प्रस्तावक सिंहासन साह कलवार र समर्थक शेख अब्दुल कलाम छन् । त्यस्तै यादवको प्रस्तावकमा ललिता दास र समर्थक सजिता खातुन रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
उम्मेदवारी फिर्ता लिने समय ३ः३० बजेसम्म रहेको निर्वाचन समितिले जनाएको छ । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ५ देखि ६ बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुने निर्वाचन समितिको भनाइ छ ।
मधेस प्रदेशसभामा १६ सांसदसहित जसपा नेपाल तेस्रो ठूलो दल हो । संसदीय दलको नेताका लागि हुने मतदानमा १५ जना सांसदले मात्रै भाग लिने भएका छन् । सो पार्टीकी समानुपातिक सांसद बिन्दु कुमारी यादव उपचारका क्रममा देश बाहिर छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण