बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा मधेस प्रदेश संसदीय दलको नेतामा राउत र यादवको उम्मेदवारी

सोमबार, २५ पुस २०७९, १३ : २८
सोमबार, २५ पुस २०७९

जनकपुरधाम । जसपा मधेस प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज यादवले उम्मेदवारी दिएका छन् । राउतको प्रस्तावक सिंहासन साह कलवार र समर्थक शेख अब्दुल कलाम छन् । त्यस्तै यादवको प्रस्तावकमा ललिता दास र समर्थक सजिता खातुन रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

उम्मेदवारी फिर्ता लिने समय ३ः३० बजेसम्म रहेको निर्वाचन समितिले जनाएको छ । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ५ देखि ६ बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुने निर्वाचन समितिको भनाइ छ ।

मधेस प्रदेशसभामा १६ सांसदसहित जसपा नेपाल तेस्रो ठूलो दल हो । संसदीय दलको नेताका लागि हुने मतदानमा १५ जना  सांसदले मात्रै भाग लिने भएका छन् । सो पार्टीकी समानुपातिक सांसद बिन्दु कुमारी यादव उपचारका क्रममा देश बाहिर छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप