बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

परिवारसहित सगरमाथा क्षेत्र पुगे नेपालका लागि अमेरिकी राजदूत थम्पसन

सोमबार, २५ पुस २०७९, १६ : २१
सोमबार, २५ पुस २०७९

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परिवारका सदस्यसहित सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेपालका लागि अमेरिकी दूतावासको सामाजिक सञ्जालमार्फत राजदूत थमसन परिवारले हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्र भ्रमण गरेको तस्बिर सार्वजनिक गरिएको हो । 

पारिवारिक तस्बिरका साथ राजदूत थम्पसनले भनेका छन्,‘सगरमाथाको यो सुन्दर दृश्य र  हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभावबारे सुनेको कुराहरू बारे हामी अझैं पनि सोच्दै छौं । मेरो परिवारसँग यो अनुभव साझा गर्न पाउनु अविश्वसनीय थियो । यो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरूका लागि यसको संरक्षण गर्ने आवश्यकताको महत्त्वको सम्झना पनि गराएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप