प्रचण्डसँगको भेटपछि छलफलका लागि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई
सोमबार, २५ पुस २०७९, १९ : ४१
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई भेटेर आफूलाई विश्वासको मत मागेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
आइतबार साँझ देउवालाई भेटेर प्रचण्डले भोलि संसद्मा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि देउवाले आवश्यक छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई धुम्बाराही बोलाएका हुन् । देउवाको सचिवालयका अनुसार शीर्ष नेताहरू धुम्बाराही आउने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण