प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत, बाेलाए पदाधिकारी बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए ।
पुस १० मा गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले भोलि विश्वासको मत दिन आग्रह गरेका हुन् । देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल सकारात्मक रहेको छ ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिनुस्। सबैलाई मिलाएर जान्छु भनेर आग्रह गर्नुभो। सभापतिज्यूले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो ।’
आन्तरिक छलफलका लागि भोलि विहान ८ बजे पदाधिकारी बैठक बोलाइएको भानुले बताए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पदाधिकारीसँग छलफलपछि भोलि बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने उनले बताए ।
देउवा र प्रचण्डसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला पनि थपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण