प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत, बाेलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए ।
पुस १० मा गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले भोलि विश्वासको मत दिन आग्रह गरेका हुन् । देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल सकारात्मक रहेको छ ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिनुस्। सबैलाई मिलाएर जान्छु भनेर आग्रह गर्नुभो। सभापतिज्यूले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो ।’
आन्तरिक छलफलका लागि भोलि विहान ८ बजे पदाधिकारी बैठक बोलाइएको भानुले बताए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पदाधिकारीसँग छलफलपछि भोलि बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने उनले बताए ।
देउवा र प्रचण्डसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला पनि थपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ