लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिने
बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलको तर्फबाट एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । त्यसका लागि मंगलबार गिरीले प्रदेश प्रमुखसमक्ष दावी पेश गर्दैछन्।
सत्तारूढ गठबन्धनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि ४ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गर्ने तयारी रहेको एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए।
उनले सत्तारुढ गठबन्धन दलका नेताहरूको बैठकपछि यस्तो तयारी गरेको बताए । उनले भने, ‘हामी बढीमा ५५ सांसदसहित दावी पेश गर्ने तयारीमा छौं ।’
लुम्बिनीमा सरकार बनाउन ४४ जना सांसद चाहिन्छ । संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय सीमा उपलब्ध गराएका थिए । उक्त समयसीमा बुधबार सकिन लाग्दा एक दिनअघि नै दाबी प्रस्तुत गर्न लागिएको हो ।
केन्द्रमा शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाउने सहमति छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण