कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्यो
मङ्गलबार, २६ पुस २०७९, १३ : ४६

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक फेरि सरेको छ । पुस २८ गतेका लागि बस्ने भनिएको बैठक माघ १५ गतेसम्मका लागि सारिएको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौड्यालले पुस १८ गतेको बैठक आगामी माघ १५ गते आइतबार दिउँसो १ बजका लागि सारिएको जानकारी दिए ।
यसअघि पनि कांग्रेसले पुस २२ गतेको बैठक २८ गतेका लागि सारेको थियो । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज