शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुञ्जन’को ‘केबल तिम्रै तिर’मा रोमान्टिक सारा र प्रितमराज

मङ्गलबार, २६ पुस २०७९, १४ : ३७
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । ‘गुञ्जन’ आगामी शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द तथा कल्याण सिंहको सङ्गीत रहेको गीतमा कोरियोग्राफी कबिराज गहतराजको रहेको छ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दै छ ।

निर्देशक अष्ट विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका व्यक्ति हुन् । उनको निर्देशनमा यो डेब्यु फिल्म हो । फिलम राम्रो बनेकोले दर्शकले रुचाउने अष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप