अदालतको सर्त सन्दीपलाई सुनाइयो, आज दुई बजेभित्र थुनामुक्त हुने
शुक्रबार, २९ पुस २०७९, १२ : १९
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्न प्रक्रिया सुरु गरिएको छ । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन सकेका थिएनन् ।
लामिछानेका निजी वकिल सरोजकृष्ण घिमिरेले परिवारले धरौटी रकम दाखिला गरेको र जिल्ला अदालतको पत्र लिएर अदालतबाट तारिख लिएपछि आजै दुई बजेभित्र थुनामुक्त हुने जानकारी दिए । उनले आजै लामिछानेलाई अदालतले राखेको सर्तबारे जानकारी गराएका थिए । अदालतको सर्त मान्य भएको लामिछानेले जानकारी दिएको पनि घिमिरेले बताए ।
हिजो उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिए पनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण