आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार उल्लंघनकर्तालाई पुरस्कृत गर्दा मानव अधिकार संस्कृति निर्माणमा बाधा : पहाडी

शुक्रबार, २९ पुस २०७९, १८ : २३
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको बताएका छन् ।

समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले दण्डहीनतालाई बढावा दिएका कारण लोकतान्त्रिक मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको र यसमा प्रमुख राजनीतिक दल र शीर्ष नेताहरु नै दोषी रहेको बताए ।

शुक्रबार समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलेश्वर भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल र मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीले मन्तव्य राखेका थिए । सो अवसरमा कवि अर्जुन पराजुली र सुदेश सत्यालले कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शान्ति समाजको काठमाण्डौ शाखालाई वर्ष २०७८–७९ को उत्कृष्ट शाखाका रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथ्यता गर्ने कपिलवस्तु शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप