बाँकेमा दादुरा सङ्क्रमित १६० जना पुगे
काठमाडौं । बाँकेमा गएको २४ घण्टामा थप २८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यससँगै बाँकेमा दादुरा सङ्क्रमित हुनेको सङ्ख्या १६० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वाड नं. २६, खजुरा १ र कोहलपुर १ गरी २८ जनामा पुष्टि भएको हो ।
उपमहानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ९, ११, १५, १६,१८ र मा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएका छन् । यसैगरी ५० जना बिरामी होमआइसोलेसनमा छन् भने ५० जना उपचाररत छन् । उपमहानगरपालिकाका दुई वटा खोप केन्द्रमा आज दादुरा रुवेलाविरुद्धको खोप दिइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठअनुसार वडा नम्बर ३ र १६ को खोप केन्द्रमा दादुराविरुद्धको खोप दिइने भएको छ । खोप ६ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई बिहान १० बजेदेखि साझ ४ बजेसम्म खोप दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण