जहाज दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
आइतबार, ०१ माघ २०७९, १३ : ३३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुःख व्यक्त गरेको जनाएका हुन् ।
देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्य तीव्र बनाउन सरकारलाई आग्रह गरेका छन् । घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट देउवाले समवेदना प्रकट गरे ।
काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः ३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता