जहाज दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
आइतबार, ०१ माघ २०७९, १३ : ३३
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुःख व्यक्त गरेको जनाएका हुन् ।
देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्य तीव्र बनाउन सरकारलाई आग्रह गरेका छन् । घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट देउवाले समवेदना प्रकट गरे ।
काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः ३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण