बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट्स लिमिटेडले १०.५३ प्रतिशत नगद लाभांश दिने

आइतबार, ०१ माघ २०७९, १७ : १९
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शुक्रबार सम्पन्न सातौँ वार्षिक साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरू पारित गरेको हो ।

उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालकहरू निर्वाचित भएका छन् भने सभा स्थलमा बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकबाट गौरव गोयल सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । 

सोही सभाबाट सञ्चालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।   

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०७९।०८० को आय व्ययको लेखा परीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्तसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप