शिवम् सिमेन्ट्स लिमिटेडले १०.५३ प्रतिशत नगद लाभांश दिने
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शुक्रबार सम्पन्न सातौँ वार्षिक साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरू पारित गरेको हो ।
उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालकहरू निर्वाचित भएका छन् भने सभा स्थलमा बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकबाट गौरव गोयल सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।
सोही सभाबाट सञ्चालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०७९।०८० को आय व्ययको लेखा परीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्तसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण