मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
पोखरा जहाज दुर्घटना

खोज तथा उद्धारमा ७ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन

आइतबार, ०१ माघ २०७९, १७ : ४६
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदिको खोचमा भएको विमान दुर्घटनामा खोज तथा उद्दारमा ७ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१ विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटना भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले खोज तथा उद्दार गरिरहेका छन् ।

खोज तथा उद्दारमा ३ वटै सुरक्षा निकायबाट ७ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलबाट खोज तथा उद्धारमा २ सय १२ जना परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–२४ बाट गणपति (एसपी) बिजय केसीको कमाण्डमा १५० जना, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट इन्स्पेक्टर राजेश कुमार सिंहको कमाण्डमा ६२ जना खटिएका छन् ।

सेनाको भगवती दल गण फुलवारीबाट प्रमुख सेनानी सञ्जयकुमार खत्रीको कमाण्डमा १९२ जना र कास्किका एसपी अजय केसीको कमाण्डमा ३ सय जना खोज तथा उद्दारमा खटिएका छन् । दुर्घटनामा परेर  ६८ जनाको मृत्यु भएको नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले जनाएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप