खोज तथा उद्धारमा ७ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदिको खोचमा भएको विमान दुर्घटनामा खोज तथा उद्दारमा ७ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१ विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटना भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले खोज तथा उद्दार गरिरहेका छन् ।
खोज तथा उद्दारमा ३ वटै सुरक्षा निकायबाट ७ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलबाट खोज तथा उद्धारमा २ सय १२ जना परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–२४ बाट गणपति (एसपी) बिजय केसीको कमाण्डमा १५० जना, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट इन्स्पेक्टर राजेश कुमार सिंहको कमाण्डमा ६२ जना खटिएका छन् ।
सेनाको भगवती दल गण फुलवारीबाट प्रमुख सेनानी सञ्जयकुमार खत्रीको कमाण्डमा १९२ जना र कास्किका एसपी अजय केसीको कमाण्डमा ३ सय जना खोज तथा उद्दारमा खटिएका छन् । दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले जनाएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण