शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक राेजगार व्यवसायीले श्रमिककाे हितमा काम गर्नुपर्छ: शर्मा

आइतबार, ०१ माघ २०७९, १८ : ३०
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगार व्यवसायीले श्रमिकको हितमा काम गर्नुपर्ने बताएका छन्। वैदेशिक रोजगार व्यवसायी संघकाे निर्वाचनका लागि डा. ईश्वर जिसी व्यवसायी प्यानलकाे उम्मेदवारी घोषणा सभामा बोल्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले व्यवसायीले श्रमिकको हितमा काम गर्नुपर्ने बताए । 

´रोजगार व्यवसायी र श्रमिकहरूबीच सम्बन्ध सुमधुर हुनुपर्छ। मजदुरहरू कतै नठगिउन् भनेर सजग हुनुपर्याे। मजदुरहरूको हितका लागि काम गर्नुपर्छ,` उनले भने,  `एकातिर व्यवसायीले मजदुरको हक हितकाे लागि ध्यान दिनुपर्छ र सरकारले पनि व्यवसायीका समस्या समाधानका लागि ध्यान दिनुपर्छ।´

अहिलेको टिम निकै नै सशक्त भएकाले हेर्दै चुनाव जितिसकेको जस्ताे लागेकाे उनकाे भनाइ छ। अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताकाे प्रक्रियामा रहेको उनकाे भनाइ छ। 

दुवै पार्टीहरू एकतामा पुर्‍याउने भएकाले यो सुरुवात भएको बताए । अहिले पार्टी अध्यक्षलाई जुनखालकाे विश्वासको मत प्राप्त भएको छ त्यसले सरकारलाई नयाँ जिम्मेवारी प्राप्त भएको बताए। वर्तमान सरकारले रोजगार व्यवसायीका तमाम समस्याबारे जानकार रहेको उनकाे भनाइ छ।  `सेवा शुल्क सुरमा राम्रो देखिएको छ तर रूपमा समस्याग्रस्त देखिएको छ। पारदर्शी ढङ्गबाट शुल्क सम्बन्धी समस्याको हल गरिनेछ। मेडिकलकाे समस्या छ। स्वीकृतिको समस्या छ।  यी तमाम समस्याहरूको हल गर्नुपर्ने भएकाले सरकार अगाडि बढ्ने छ,´ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप