आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजको परिषद् बैठकबाट १० वटा प्रस्ताव पारित

बुधबार, ०४ माघ २०७९, १४ : २४
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठकले विभिन्न १० वटा प्रस्ताव पारित गरेको छ ।  पुस २९–३० गतेसम्म नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न भएको बठकले “शान्ति र विकासका लागि विश्व विज्ञान दिवस”– १० नोभेम्वरमा विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । बैठकले सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित  गर्न र सूचना प्रविधि शिक्षालाई प्रारम्भिक तह देखि नै पाठ्यक्रममा समावेश गर्न र सूचना प्रविधि संस्कृतिको निर्माण गर्न सबैलाई आग्रह गरेको छ ।

परिषद् बैठकले विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृतिमा जोड दिँदै सोही अनुरुपको नीति, निष्ठा र नियम तर्जुमा एवं कार्यान्वयन गर्न राज्य÷समाजका सबै तह र तप्कालाई आह्वान गरेको छ । यसैगरी समाजले नेपालका दुई  छिमेकी राष्ट्रहरू चीन र भारतबीचको द्वन्द्वले निम्तिन सक्ने कुनै पनि युद्धको सम्भावनालाई निस्तेज गर्न नागरिकस्तरमै प्रभावकारी सहकार्यमा जोड दिँदै दक्षिण एसियामा नेपालले शान्तिका लागि सेतुको भूमिका निर्वाह गर्नुपर्ने र नेपालको परराष्ट्र नीतिको आधार शान्ति र अहिंसा बनाउन विशेष आग्रह गरेको छ । बैठकले महिला अधिकार मानव अधिकार भन्ने मूल आह्वानसहित महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न निर्माणका तहमा महिलाहरूको न्युनतम ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ । 

यसैगरी चुरे विनास रोक्न शान्तिपूर्ण तवरमा सामूहिक हस्तक्षेप आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराउँदै परिषद् बैठकले चुरे बचाउन, जंगल जोगाउन राज्यले सार्थक नीति ल्याउनुपर्ने लगायतको निर्णय गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप