सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीसँग बेलायती राजदूतको भेट

बिहीबार, ०५ माघ २०७९, २१ : ०७
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप