पूर्वमन्त्री आङ्बोलाई प्रदेश १ को न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मा
विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउन पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा समिति गठन भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सहभागी बैठकले आङ्बोको नेतृत्वमा मस्यौदा समिति गठन गर्ने सहमति गरेको हो ।
सो समितिमा एमालेबाट पूर्वमन्त्री रामबहादुर राना मगर र सत्ता गठबन्धनका अन्य दलहरु राप्रपा र जसपाबाट एक एक जना सदस्य रहनेछन् । ‘समितिले छिट्टै मस्यौदा बनाएर सरकारलाई दिनेछ,’ संयोजक आङ्बोले भने । पुस २५ मा प्रदेश १ सरकार गठन भएपनि हालसम्म सरकारले पूर्णता पाएको छैन ।
नियुक्त भएका ६ जना मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन । मन्त्रालय भागबण्डा र मन्त्रीलाई जिम्मेवारी दिनेबारे सत्ता गठबन्धन घटक नेकपा एमाले र माओवादी केन्द्रबीच समझदारी गरेर गर्न अन्य सत्ता घटक राजनीतिक दलले सुझाव दिएको पनि आङ्बोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण