दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्काशन गर्ने
शुक्रबार, ०६ माघ २०७९, १२ : १२

काठमाडौँ । दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि लक्ष्मी क्यापिटल मार्केटले शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने जिम्मेवारी पाएको छ ।
सोसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
दरम खोला हाइड्रो इनर्जीले बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
दरम खोलाले निकट भविष्यमै रु.१०० अंकित दरका रु.३९,५०,००,००० रकम बराबरको ३९,५०,००० कित्ता साधारण बिक्री गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा