जुम्लामा महिला प्रमुख प्रशासकीय अधिकृत

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा महिलाले जिम्मेवारी सम्हालेकी छन्। जुम्लाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवकी रावतले जिम्मेवारी सम्हालेकी हुन् ।
जुम्लामा १ चन्दननाथ नगरपालिकासहित ७ गाउँपालिका छन्। जसमध्ये देवकी जुम्लाका स्थानीय तहमै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बनेकी हुन्।
रावत यसअघि जुम्लाको प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन्। देवकी रावतलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ९४० बमोजिम अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी कार्यक्षेत्रमा खटाएको हो ।
स्थानीय तहको अनुभव नभएपनि ऐन कानुनको परिधिभित्र रहेर गाउँपालिकामा सुशासन कायम गर्दै विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अधिकृत रावतले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु