शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुरान जलाएको भन्दै टर्की, साउदी, पाकिस्तान र कतारको आक्रोश, के भने ?

सोमबार, ०९ माघ २०७९, १३ : ०५
सोमबार, ०९ माघ २०७९

स्विडेनमा भएको विरोध प्रदर्शनका क्रममा इस्लाममा पवित्र मानिने कुरानको प्रति जलाएको घटनाको टर्कीले कडा आलोचना गर्दै यसलाई ‘घृणित कार्य’ भनेको छ ।

टर्कीले विरोध प्रदर्शनलाई अनुमति दिने स्विडेनी सरकारको निर्णय ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएको छ ।

टर्की र स्विडेनबीच कूटनीतिक तहमा विवाद गहिरिँदै गएको छ ।

टर्कीले स्विडेनलाई विरोध प्रदर्शन अन्त्य गर्न अनुरोध गरेको छ र स्विडेनका रक्षा मन्त्री पाल जोन्सनको टर्की भ्रमण रद्द गरेका छन् । टर्कीले यस भ्रमणले अब ‘आफ्नो महत्त्व र अर्थ गुमाएको’ जनाएको छ ।

जबकि पाउल जोनसनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हिजो मैले टर्कीका रक्षा मन्त्री हुलुसी अकारलाई जर्मनीको रामस्टेनस्थित अमेरिकी सैन्य आधार शिविरमा भेटेँ । हामीले अंकारामा हुने बैठक तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छौँ । ’

अर्को ट्विटमा उनले लेखेका छन्, ‘टर्कीसँग स्विडेनको सम्बन्ध हाम्रो लागि धेरै महत्त्वपूर्ण छ र हामी सुरक्षा र रक्षासँग सम्बन्धित साझा मुद्दाहरूमा फेरि वार्ता गर्ने आशा गर्दछौँ ।’

मुसलमानहरूले कुरानलाई ईश्वरको वचनको पुस्तक मान्छन् । उनीहरू यसलाई अति पवित्र मान्छन् । उनीहरू कुरानलाई जानाजानी क्षति पुर्‍याउने वा यसप्रति अनादर गर्नेहरूको कडा विरोध गर्छन् ।

किन टर्की स्विडेनको लागि महत्त्वपूर्ण छ ?

स्विडेन नेटो सैन्य गठबन्धनमा सामेल हुन चाहन्छ र नेटो सदस्य टर्की यसको विरुद्धमा छ ।

नेटोको सदस्य भएको नाताले अरू कुनै देश यो सङ्गठनमा समावेश हुँदा आपत्ति जताउन सक्छ र त्यो रोक्न पनि सक्छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि स्विडेन र फिनल्यान्डले नेटो सदस्यताका लागि आवेदन दिएका थिए ।

यसै कारण दक्षिणपन्थीहरूले स्विडेनको राजधानी स्टकहोममा टर्कीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

यी प्रदर्शनहरूको क्रममा, अति दक्षिणपन्थी स्ट्राम कुर्स पार्टीका नेता रासमुस पालुदानले शनिबार स्टकहोममा टर्की दूतावास बाहिर कुरानको एक प्रति जलाए ।

स्विडेनका शिक्षामन्त्रीकाे टर्की भ्रमणले स्विडेन नेटोमा सामेल हुने कुरालाई टर्कीले विरोध गर्दैन भन्ने संकेत गर्ने विश्वास गरिएको थियो ।

तर, गत वर्ष टर्कीले नेटोमा सामेल हुन स्विडेन र फिनल्यान्डको अनुरोधको विरोध गरेको थियो । त्यसपछि गत वर्ष नै उसले यी दुई देशलाई नेटोमा समावेश हुन नदिन आफ्नो भिटो हटाएको थियो ।

टर्कीका अनुसार यो दुवैले नर्डिक देश स्विडेन र टर्की (कुर्दिश वर्कर्स पार्टी) जस्ता हतियारधारी कुर्द समूहलाई समर्थन गर्न बन्द गरोस् र केही हतियारको बिक्रीका लागि टर्कीमाथि लागेको रोक हटाओस् ।

टर्कीले स्विडेनले पीकेकेका केही सदस्यहरूलाई स्थान दिएको बताएको छ ।

यद्यपि स्विडेनले यी आरोप अस्वीकार गर्दै आएको छ ।

sweden1टर्कीले गर्‍यो आलोचना

टर्की मुस्लिम बाहुल्य देश हो । टर्कीको विदेश मन्त्रालयले घटनाको आलोचना गर्दै एक विज्ञप्ति जारी गर्दै यो ‘बारम्बार चेतावनीको बाबजुद’ भएको बताएको छ ।

मन्त्रालयले भनेको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको आडमा मुस्लिमहरूलाई निशाना बनाएर हाम्रो पवित्र मूल्य मान्यताको अपमान गरेर मुस्लिम विरोधी कार्यलाई अनुमति दिने यो कदम पूर्ण रूपमा अस्वीकार्य छ ।’

बयानमा भनिएको छ – कुरान जलाउने घटना यो कुराको अर्को एक उदाहरण हो र इस्लामोफोबिया, नस्लवाद र भेदभाव ‘खतराको घण्टी’ को स्तरसम्म युरोप पुगिसकेको छ । स्विडेनको सरकार योसँग जुध्नका लागि ‘उचित कदम उठाउने’ बताएको छ ।

स्विडेनका विदेश मन्त्री टोबियास बिलस्ट्रोमले घटनालाई ‘भयानक’ भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्विडेनमा अभिव्यक्ति स्वतन्त्रता छ, तर यसको मतलब यहाँको सरकार वा मैले प्रदर्शनमा व्यक्त भावनालाई समर्थन गर्छु भन्ने होइन ।’

पाकिस्तानले के भन्यो ?

यस विषयमा पाकिस्तानले पनि प्रतिक्रिया दिएको छ । उसले भनेको छ, ‘स्विडेनमा कुरान जलाएको घटनाको हामी घोर विरोध गर्छौँ ।’

पाकिस्तानले भन्यो, ‘यो मूर्खतापूर्ण र उत्तेजक इस्लामोफोबिक कार्यले करोडौं मुस्लिमहरूको धार्मिक भावनामा चोट पुर्‍याएको छ । त्यस्ता कार्यहरूलाई कुनै पनि हिसाबले अभिव्यक्तिको स्वतन्त्रता वा वैध कार्य भन्न मिल्दैन । इस्लाम शान्ति र मुस्लिमहरूको धर्म हो, जसले सबै धर्महरूलाई सम्मान गर्दछ। यो सिद्धान्त सबैले सम्मान गर्नुपर्छ।'

पाकिस्तानले अन्य देशहरूलाई इस्लामोफोबिया, असहिष्णुता र हिंसा भड्काउने प्रयासहरू विरुद्ध समाधान खोज्न अपील गरेको छ ।

यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यस घटनाप्रति कडा प्रतिक्रिया जनाएका छन् ।

उनले भने, ‘स्विडेनमा दक्षिणपन्थी चरमपन्थीद्वारा पवित्र कुरानको अपमान गर्ने जघन्य कार्यको कडा निन्दा गर्न कुनै शब्द पर्याप्त छैन । अभिव्यक्ति स्वतन्त्रताको आडमा विश्वभरका डेढ अर्ब मुस्लिमहरूको धार्मिक भावनामा चोट पुर्‍याउन सकिँदैन । ’

प्रधानमन्त्री शहबाज शरीफले भने, ‘यो अस्वीकार्य छ ।’

साउदी र कतार पनि अगाडि आए, कडा निन्दा

साउदी अरबको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गरी यस घटनामा कडा आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भन्यो, ‘साउदी अरबले संवाद, सहिष्णुता, सहअस्तित्वको महत्त्व बुझेर घृणा, अतिवादीलाई अस्वीकार गर्ने कुरामा विश्वास गर्छ ।’

कतारले पनि विरोध प्रदर्शन गर्न अनुमति दिएकोमा स्विडेनी अधिकारीहरूको आलोचना गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘यो विश्वका दुई अर्ब मुस्लिमहरूको भावनालाई भड्काउने र उक्साउने अत्यन्तै गम्भीर घटना हो । कतारले धर्ममा आधारित सबै प्रकारका घृणायुक्त भाषणहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ ।’

परराष्ट्र मन्त्रालयले वार्ता र आपसी समझदारीको कुरा गर्दै घृणा, भेदभाव, भड्काऊ, हिंसाको निन्दा गर्ने जिम्मेवारी लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप