बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्या दुरुत्साहन गराएको भन्दै ‘जेल’ रेस्टुरेन्ट सञ्चालनमा रोक

मङ्गलबार, १० माघ २०७९, १० : १७
मङ्गलबार, १० माघ २०७९

रुपन्देही । आत्महत्या दुरुत्साहनलाई सहयोग पुग्ने सामग्री राखेर सञ्चालन गरेको आरोपमा एक रेस्टुरेन्टलाई रुपन्देही प्रशासनले बन्द गराएको थियो । नयाँपन दिने नाममा समाजमा विकृति फैलाउन खालका सामग्री राखेर चर्चा बटुलेको भन्दै भैरहवाको देवकोटा चोकमा रहेको जेल रेस्टुरेन्ट तथा बारलाई प्रशासनले बन्द गराएको हो ।

प्रशासनको अनुगमनको क्रममा रेस्टुरेन्टका कोठाहरू जेलका हिरासत जस्ता रहेका, हतकडी, बन्दुक र एयरगन जस्ता देखिने वस्तु र आत्महत्या गर्न प्रोत्साहन गर्ने फाँसी लगाउन प्रयोग गरिने पासो राखिएकाले प्रशासनले ती सामान जफत गरी रेस्टुरेन्ट बन्द गराएको बताएको छ । रेस्टुरेन्टमामा आउने ग्राहकलाई गलत बाटोमा हिँड्न प्रेरित गर्ने खालको क्रियाकलाप गरेको पाइएकोले रेस्टुरेन्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले रातोपाटीलाई बताए । रेस्टुरेन्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको र यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुन अनुसार कार्यवाही गर्ने उनको भनाई छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप