बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा सवारी दुर्घटना : ५१ जनाको मृत्यु

आइतबार, १५ माघ २०७९, १५ : ३२
आइतबार, १५ माघ २०७९

इस्लामावाद । पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान गएको हो । 

सरकारी अधिकारीहरूका अनुसार बस दुर्घटनामा ज्यान गुमाएका ४० जनाका क्षविक्षत भएका शव दुर्घटनास्थलबाट निकालिएको छ भने डुङ्गा डुब्दा सात देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको छ । दुर्घटनाग्रस्त बसमा ४१ जना यात्री थिए । घाइते भएका दुई जनाको अवस्था गम्भीर छ । बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । डुङ्गा डुब्दा हराएका नौ जनाको खोजी भइरहेको छ । एघार जनालाई उद्धार गरिएको छ । खोज तथा उद्धार जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप