मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गमका जिल्लामा गोठालो भत्ता प्रभावकारी

बुधबार, १८ माघ २०७९, ०८ : ३७
बुधबार, १८ माघ २०७९

जुम्ला ।  कर्णालीका जिल्लामा लागुभएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी हुँदै गएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लाका १ सय ४३ जना किसानले गोठालो भत्ता पाउँदै आएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । 

उनले भने, 'एक जना किसानले मासिक रुपमा १ हजार ५ सय रुपैयाँका दरले बार्षिक १८ हजार रुपैयाँ गोठालोको प्रोत्साहन वापत गोठालो भत्ता पाउँदै आएका छन् । अहिले यो भत्ता ५० वटा भन्दा बढी भेडा बाख्रा पालेर पशु अस्पताल तथा पशु सेवा कार्यालयमा फर्म दर्ता गरेका किसानहरुले मात्रै पाउँदै आएका छन्।' 

हरेक वर्ष फर्म दर्ता गरेर भेडाबाख्रा पालन व्यवसायलाई अगाडी बढाउने किसानहरुको संख्या बढ्दै गएको उनले बताए । कर्णालीमा सरकारले गोठालो भत्ता कार्यक्रमलाई निरन्तरता दिदा आफुहरुलाई पशुपालन तर्फ अगाडी बढ्न सहज भएको किसानहरुले बताएका छन्।हरेक वर्ष सरकारले तोकेको मापदण्ड अनुसार फर्म दर्ता गरेर भेडा बाख्रा पालन व्यवसाय गरिरहेका किसानहरुका लागि मासिक रुपमा गोठालो भत्ता  दिँदै आएको  छ । 

कर्णाली प्रदेश सरकारले पशुपालन गरेर किसानलाई रोजगारी सिर्जना गर्न र प्रोत्साहन गर्न सहज होस् भन्ने उद्देश्यले  गत वर्षबाट यो कार्यक्रम शुरु गरेको  पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। व्यवसायीक रुपमा पशु पालन गर्दै आएका किसानहरुले सरकारको तर्फबाट मासिक रुपमा गोठालो भत्ता पाउन थालेपछि सहज भएको बताएका छन् । 

त्यो रकमले गोठालो जाँदा आवश्यक पर्ने सामग्री किनेर प्रयोग गर्न सहज  हुनुका साथै थप व्यवसायलाई अगाडी बढाउन हौसला मिलेको जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर २ मा भेडा पालन व्यवसाय गर्दै आएकी किसान राजु बुढ्थापाले बताइन्। 

उनले भनिन् मासिक आउने रकमले गोठालो जाँदा आवश्यक पर्ने सामग्री किन्न सहज भएको छ । सरकारले आफुहरुलाई मासिक रुपमा १ हजार ५ सय रुपैयाँका दरले एक वर्षमा १८ हजार रुपैया दिदै आएको भएपनि त्यसले अपुग हुने भएकाले अझ थप गर्दै लैजानु पर्ने आवश्यकता देखिएको किसानहरु बताउँछन्। 

दुर्गमा बसेर व्यवसाय गर्न साह्रै गाह्रो भएको बेला यो गोठालो भत्ता कार्यक्रमले केही राहत भएपनि भने जस्तो पुर्याउन गाह्रो भएको छ । यसमा सरकारले भेडा बाख्राको संख्या हेरेर सहयोग गर्नुपर्ने उनले बताए । कर्णालीका १० वटै जिल्लाका किसानहरुको लागि यो कार्यक्रम अगाडि बढाएकाले  ५० वटा भन्दा बढी भेडा बाख्रा पालन गर्दै आएका किसानहरुले फर्म दर्ता गरे मासिक रुपमा गोठालो भत्ता दिनुका साथै २ सय भन्दा बढी भेडा बाख्रा पालन गर्दै आएका किसानलाई थप सेवा सुविधा दिँदै आएको हो। 

उनले भने, तत्कालिन कर्णाली अञ्चलका जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु जिल्लामा लागू हुदै आएको छ।एक जिल्लामा एक आर्थिक वर्षको लागि १० लाख रुपैयाँ देखि २७ लाख रुपैयाँ सम्म बिनियोजन हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप