एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि
काठमाडौं । बोलोग्नाले एसी मिलानलाई हराउँदै कोपा इटालियाको उपाधि जितेको छ । एसी मिलानलाई घरेलु मैदानमा १-० ले पछार्दै बोलोग्नाले ट्रफी उचालेको हो । उसका लागि कोपा इटालिया १९७४ पछि कै पहिलो सबभन्दा ठूलो ट्रफी हो ।
रोमस्थित स्टेडियो ओलम्पिकमा डेन एनडोयले एक मात्र गोल गर्दै टोलीलाई च्याम्पियन बनाए । यो जितले बोलोग्नालाई आगमी सिजनका लागि यूरोपा लिगमा समेत स्थान सुरक्षित गरेको छ । मिलानले २००३ देखि कप जितेको छैन भने यूरोपीयन लिगमा समेत स्थान पक्का हुने नहुनेबारे निश्चय छैन ।
स्कटल्याण्डका मध्यपंक्ति लुई फग्र्युसनले कप्तानी सम्हालेको बोलोग्नालाई ट्रफी दिलाएपछि खुशी व्यक्त गरे । तर, उनले गरेको प्रहार भने सफल हुन सकेन । अन्ततः यो फाइनलमा स्विजरल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी एनडोय हिरो रहे । बोलोग्नाले ५१ साल पहिले यो ट्रफी उचालेकामा त्यसपछि कुनै पनि ठूलो उपाधि वा पदक जित्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण