बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?

आज विक्रम संवत २०८२ साल जेष्ठ १ गते, बिहीबार । ईश्वी सन् २०२५ मे १५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ कृष्णपक्ष । तिथि–तृतीया, ५२ घडी १० पला, रातको २ बजेर ९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–ज्येष्ठा, १९ घडी ५ पला, मध्यान्ह १२ बजेर ५५ मिनेट उप्रान्त मूल । योग–शिव, २ घडी ३३ पला, बिहान ६ बजेर १८ मिनेट सिद्ध । करण–वणिज, दिउँसो १ बजेर ३९ मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ९ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–बृश्चिक, मध्यान्ह १२ बजेर ५५ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३९ पला ।
आजको बार बेला
- बिहान ५ बजेर १७ मिनेटसम्म शुभ बेला ।
- बिहान ५ बजेर १८ मिनेटदेखि बिहान ६ बजेर ५८ मिनेटसम्म रोग बेला ।
- बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर ३९ मिनेटसम्म उद्धेग बेला ।
- बिहान ८ बजेर ४० मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म लाभ बेला ।
- मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर २३ मिनेटसम्म काल बेला ।
- दिउँसो ३ बजेर २४ मिनेटदेखि बेलुकी ५ बजेर ४ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ५ बजेर ५ मिनेटदेखि बेलुकी ८ बजेर ४ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ४१ मिनेटदेखि बिहान ४ बजेर २९ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखिकाम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकाले एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भने जस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकाले शौख तथा विलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असंयम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलष्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विपरीत लिङगप्रतिको आकर्षण बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको ध्यान खिच्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोगमार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसंगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसाय, शेयरबजारबाट मनग्गे धन लाभ हुनेछ । पारिवारिक भेटघाटमा मीठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अघि बढ्न सहज हुनेछ । विवादित विषयबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुशीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा शत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ–नयाँ काम गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकाले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकाले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकाले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्रा तय गर्न सकिनेछ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागि समय मध्ययम रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उद्योग, शेयरबजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । शेयरबजारको लगानी र व्यापारबाट फाइदा हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय मध्ययम रहेकाले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय उत्तम रहेकाले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट साथीभाई तथा आफन्तको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पत्तिको प्रयोग गरेर आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तीको गतिलो सम्भावना छ । लक्ष्य प्राप्तिका लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अघि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार वा शेयरबजारमा लगानी गरेर आम्दानी गर्न सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी