ला लिगा : रियाल मड्रिडले बार्सिलोनासँग घटायो अंक दुरी
बिहीबार, ०१ जेठ २०८२, ०५ : ४५
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले बार्सिलोनासँग अंक दुरी घटाएको छ । घरेलु मैदानमा मलोर्कालाई २-१ ले हराउँदै रियालले बार्सिलोनासँग अंक दुरी घटाएको हो ।
उपाधि नजिक रहेको बार्सिलोनासँगको अंक दुरी रियालले चारमा झारेको छ । शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ भने एक खेल बढी खेलेको रियाल मड्रिडको ७८ अंक भएको छ ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन केलियन एम्बाप्पे र ज्याकोब रामोनले गोल गरे । पाहुना टोलीकातर्फबाट मार्टिन भालजेन्टले गोल गरे । योसँगै ला लिगाको उपाधि दौड रोचक हुने देखिएको छ ।
ला लिगा मै भियारियालले लेगानेसलाई ३-० ले हराउँदा डेपोर्टिभो अलाभेसले भ्यालेन्सियालाई १-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण