ला लिगा : रियाल मड्रिडले बार्सिलोनासँग घटायो अंक दुरी
बिहीबार, ०१ जेठ २०८२, ०५ : ४५

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले बार्सिलोनासँग अंक दुरी घटाएको छ । घरेलु मैदानमा मलोर्कालाई २-१ ले हराउँदै रियालले बार्सिलोनासँग अंक दुरी घटाएको हो ।
उपाधि नजिक रहेको बार्सिलोनासँगको अंक दुरी रियालले चारमा झारेको छ । शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ भने एक खेल बढी खेलेको रियाल मड्रिडको ७८ अंक भएको छ ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन केलियन एम्बाप्पे र ज्याकोब रामोनले गोल गरे । पाहुना टोलीकातर्फबाट मार्टिन भालजेन्टले गोल गरे । योसँगै ला लिगाको उपाधि दौड रोचक हुने देखिएको छ ।
ला लिगा मै भियारियालले लेगानेसलाई ३-० ले हराउँदा डेपोर्टिभो अलाभेसले भ्यालेन्सियालाई १-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज