बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली यू–२० महिला फुटबल टोली बंगलादेश प्रस्थान

बुधबार, १८ माघ २०७९, १३ : ०४
बुधबार, १८ माघ २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोली बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप ढाका प्रस्थान गरेको छ । च्याम्पियनसिप खेल्ने नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको हो । च्याम्पियनसिप फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छन् ।  राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।

नेपाली टोली :

गोलरक्षक : कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड :  गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप