आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्का प्रस्थान

बिहीबार, १९ माघ २०७९, १३ : ०५
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज  कोलम्बो प्रस्थान गरेकी छन् । 

परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नेछिन् । यस्तै मन्त्री पौड्याल साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले  आयोजना गर्ने रात्रि भोजमा सहभागी हुने कार्यक्रम छ । 

यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्री पौड्यालले शुक्रवार  श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप