सहिद हेमनारायण यादवको १९ औं स्मृति दिवस मनाइयो
बिहीबार, १९ माघ २०७९, २१ : १२

जनकपुरधाम । नेकपा एमाले सिराहाका तत्कालीन नेता सहिद हेमनारायण यादवको १९ औं स्मृति दिवस मनाइएको छ ।
बिहीबार उनको जन्मस्थान सिराहामा स्मृति दिवस मनाइएको हो । सिराहाको सदरमुकाम हेम नारायण चोकमा रहेको सहिद यादवको सालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो । २०६० माघ १९ गते हत्या भएको यादवलाई सरकारले तीन वर्षपछि सहिद घोषणा गरेको थियो ।
एमाले सिराहा जिल्ला कमिटीको आयोजनामा भएको स्मृति सभामा सहिद यादवको सालिकमा सिराहा नगरपालिकाका मेयर समेत रहेका सहिद यादवका ज्येष्ठ छोरा डा. नवीन कुमार यादवलगायत जिल्लाभरका एमाले नेता तथा निर्वाचित जनप्रतिनिधिहरूले माल्यार्पण गरी श्रद्धाञ्जली दिएका थिए ।
सहिद यादवको हत्याको १८ वर्ष बितिसके पनि अहिलेसम्म हत्याराहरूलाई कारबाही नभएको यादवका छोरा मेयर यादवले गुनासो पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड