यामलाल कँडेल भन्छन् : सरकार कर्णालीको भयो, मानसिकता वडा बनाउने भयो
सुर्खेत । कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले संघीयतापछि कर्णालीमा प्रदेश सरकार बने पनि यहाँका नेतृत्वको मानसिकता वडा बनाउने जस्तो भएको टिप्पणी गरेका छन् । वडा बनाउने मानसिकताबाट कर्णालीको समृद्धि सम्भव नभएको कँडेलले बताए ।
शनिबार कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै कँडेलले भने,‘ कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो, त्यो अभियानमा सबै एकजुट हुन् आवाश्यक छ ।’ कँडेलले दलिय व्यवस्थामा दल जति जनमैत्री बन्न सक्यो उत्तिनै जनताको आकर्षण बढ्ने बताए । यद्यपि राजनीतिमा बनाउने कुरा भन्दा बन्ने कुरा हावी भएकाले जनतामा दलप्रति वितृष्णा पैदा भएको कँडेलको भनाई छ ।
‘बनाउने कुरा प्रमुख हो, तर बन्ने कुरा प्रमुख भएपछि बनाउने कुरा गौण हुन्छ,’ कँडेलले भने, ‘त्यसैले जनताको अपेक्षालाई मध्यनजर गर्दै बनाउने कुरामा अघि बढ्नतर्फ लम्कियौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण