उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
काठमाडौँ । कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आइतबार श्रेष्ठले आयोग पुगेर यस्तो निवेदन दिएका हुन् ।
श्रेष्ठको निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्न नै अयोग्य भएको सर्वोच्चको आदेश भएकाले उनलाई निर्वाचन प्रयोजनका लागि उम्मेदवार, सांसद, मन्त्री वा उपप्रधानमन्त्री मान्न वा ठान्न नसकिने उल्लेख गरिएको छ ।
त्यस्तो व्यक्तिले निर्वाचनमा प्राप्त गरेको मत पनि मान्न नसकिने भएकाले निर्वाचन जितेको ठान्न नसकिने उल्लेख गरिएको छ । यस्तो अवस्थामा रवि लामिछाने बाहेकका उम्मेदवारका बीचमा मात्रै प्रतिस्पर्धा भएको कानुनी अवस्थालाई इन्कार गर्न नसकिने पत्रमा उल्लेख छ ।
पाँच पन्ने निवेदनमा भनिएको छ, ‘तसर्थ, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४ अनुसार सबैभन्दा बढी मत प्राप्त गरेको म निवेदक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रष्टै छ । तसर्थ उक्त दफा ४ बमोजिम चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट म निवेदक निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र समेत पाउन भनी श्रीमानसमक्ष सादर निवेदन गर्दछु ।’
के छ श्रेष्ठको निवेदनमा ?





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण