उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
_CovsLIGXgu.jpg)
काठमाडौँ । कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आइतबार श्रेष्ठले आयोग पुगेर यस्तो निवेदन दिएका हुन् ।
श्रेष्ठको निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्न नै अयोग्य भएको सर्वोच्चको आदेश भएकाले उनलाई निर्वाचन प्रयोजनका लागि उम्मेदवार, सांसद, मन्त्री वा उपप्रधानमन्त्री मान्न वा ठान्न नसकिने उल्लेख गरिएको छ ।
त्यस्तो व्यक्तिले निर्वाचनमा प्राप्त गरेको मत पनि मान्न नसकिने भएकाले निर्वाचन जितेको ठान्न नसकिने उल्लेख गरिएको छ । यस्तो अवस्थामा रवि लामिछाने बाहेकका उम्मेदवारका बीचमा मात्रै प्रतिस्पर्धा भएको कानुनी अवस्थालाई इन्कार गर्न नसकिने पत्रमा उल्लेख छ ।
पाँच पन्ने निवेदनमा भनिएको छ, ‘तसर्थ, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४ अनुसार सबैभन्दा बढी मत प्राप्त गरेको म निवेदक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रष्टै छ । तसर्थ उक्त दफा ४ बमोजिम चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट म निवेदक निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र समेत पाउन भनी श्रीमानसमक्ष सादर निवेदन गर्दछु ।’
के छ श्रेष्ठको निवेदनमा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा यामाहाले ल्यायो 'पावर अफ फाइभ' उपहार योजना
-
निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
-
अन्तर्राष्ट्रिय विमानस्थलको लोभले पोखरा र लुम्बिनीका होटलहरुमा लगानी गरेका हौं : अध्यक्ष केसी
-
डेंगी रोगबाट कसरी बच्ने ?
-
तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस
-
टानका निवर्तमान अध्यक्ष सुवेदीले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने