बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसद‍्मा दलको उपनेता र सचेतकविहीन एमाले

मङ्गलबार, २४ माघ २०७९, २२ : ०१
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनमार्फत प्रतिनिधि सभामा ७८ सिटसहित दोस्रो ठुलो दल बनेको नेकपा एमालेले चुनाव सम्पन्न भएको अढाई महिना बित्दा पनि संसदमा दलको उपनेता, प्रमुख सचेतक र सचेतक तोक्न सकेको छैन ।

सो पार्टीले संसदीय दलको नेतामा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित गरिसकेको छ । एमाले संसदीय दलको संशोधित विधान २०७७ को व्यवस्था अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने व्यवस्था छ ।

दलको उपनेताले दलको नेतासँग समन्वय गरेर अगाडि बढ्ने लगायतका जिम्मेवारी रहेका हुन्छन् भने प्रमुख सचेतकले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुनेदेखि संसद् सुचारु गर्न सहयोगी भूमिका निर्वाह गर्ने तथा विधेयकहरू संयोजन गर्ने जिम्मेवारी हुन्छ ।  

नेकपा एमालेका तत्कालीन प्रमुख सचेतक विशाल भट्टराईले  सरकार लगायतका विभिन्न निकायहरूमा समय दिनुपरेकाले उपनेता र प्रमुख सचेतकसहितका पदाधिकारी तोक्न ढिलाइ भएको बताएछन् । 

‘साथै निर्वाचनपछि मुलुकमा जुन प्रकारको स्थिरता हुनुपर्ने हो त्यो खालको परिस्थिति पनि नदेखिएको र दिनानुदिन घटनाक्रमहरू अस्थिरतातर्फ गएकोजस्ता देखिएको छ’, भट्टराईले भने, ‘अर्को कुरा खासै हतार पनि छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप