शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट दर्ता

मङ्गलबार, २४ माघ २०७९, १६ : ३६
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

यसअघिको दरपिठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो । 

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपिठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । सो आदेशसँग रिट दर्ता भएको छ । उक्त रिटमा पेसी बुधबारका लागि तोकिएको छ । 

अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद् सचिवालयविरुद्ध रिट दर्ता गरेका हुन् । 

सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकिरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप