रौतहटबाट बिदेशिने युवाको संख्या बढ्दो, दैनिक ३३ जनाले लिन्छन् राहदानी

रौतहट । मुलुकमा आर्थिक तरलता तथा रोजगारी अभावमा रौतहट बाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटबाट मात्र यहाँका ३३ जना युवाले राहदानी लिरहेका छन भने काठमाडौ बाट लिनेगरेको राहदानीको हिसाब गरेमा संख्या अझै बढ्ने देखिन्छ ।
यस आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय रौतहट बाट ५ हजार ८९३ जनाले राहदानी प्राप्त गरेका छन् । उक्त संख्याको हिसाबले दैनिक झन्डै ३३ जनाले राहदानी प्राप्त गरेका छन् ।
राहदानी बनाउन ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट ६ हजार ४०२ जनाले सिफारिस लिएका छन् । सिफारिसको आधारमा दैनिक राहदानी लिनेको संख्या ३५ बढी पुग्ने सिडियो धर्मेन्द्रकुमार मिश्रले बताएका छन् ।
राहदानी सिफारिस बाट ३ करोड ४७ लाख रुपैया राजस्व संकलन भएको सिडियो मिश्रले जानकारी दिएका छन् । यस आर्थिक बर्षको ६ महिनामा जिल्ला प्रशासन कार्यालय बाट ७ हजार ३०० जनाले बंशज,४९६ जनाले बैवाहिक अंगिकृत नागरिक्ता तथा ५ हजार ६३२ जनाले नागरिक्ताको प्रतिलिपी लिएको तथ्यांकमा उल्लेख रहेको छ।
त्यसैगरी सोही अवधिमा १२ हजार ८२७ जनाको राष्ट्रिय बिवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
-
तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने एकीकृत समाजवादीको निर्णय
-
अब विद्यार्थीलाई नै प्रश्नपत्र बनाउन दिऔँ : शिक्षाविद् कोइराला
-
संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुनुपर्छ : मन्त्री मोदी
-
संसद्को शून्य समयः मिटरब्याजी समस्यादेखि नागरिकतासम्मको विषयमा ध्यानाकर्षण
-
बागमती प्रदेशमा एसईई : १ लाखभन्दा बढी विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र