कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
शुक्रबार, ०२ जेठ २०८२, ०७ : ३०
_NEzBqDMtWN.jpg)
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि (शनिबार) बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।