५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
शुक्रबार, ०२ जेठ २०८२, ०७ : १०
काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण