बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘मन परेको मान्छे’ मा अञ्जली र विमलको रोमान्स

बुधबार, २५ माघ २०७९, १२ : ५०
बुधबार, २५ माघ २०७९

काठमाडौँ । चर्चित लोक गायक बद्री पंगेनी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत ‘मन परेको मान्छे’ सार्वजनिक भएको छ । गायक रामचन्द्र बोगटीको शब्द तथा सङ्गीत रहेको गीतमा कृष्ण विक(भान्जा)को एरेन्ज रहेको छ ।

गीतको भिडियो अञ्जली अधिकारी, विमल अधिकारीको नृत्य देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक बनेको छ । 

एड्भेन्चर ईन्टरटेन्टमेन्टले पोस्ट प्रोडक्सन गरेको भिडियोमा मौसम हिमालीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियो नविन धर्ती मगरले सम्पादन गरेका हुन् ।

गीतकार बोगटीकायस अगाडि नक्कले छातीमा, महामारीमा आमा, तिमी मेरो दिलमा छाैँ, कस्तो मान्छे लगायतका थुप्रै गीत बजारमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप