राजनीति
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
विहीबार, २६ माघ २०७९, १७ : ५२

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले तीनवटै पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने निष्कर्ष रहेको बताए ।
‘रास्वपा, जसापा र उन्मुक्तिलाई सरकारमा सहभागी गराउनुपर्छ र गठबन्धन टिकाएर लैजानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ’, नेता ज्ञवालीले भने रास्वपाले सरकार छोड्नु दुखद विषय भएको र त्यसको समीक्षा हुँदै जाने बताए । उनले भिन्न भिन्न दलहरु मिलेर सरकार र गठबन्धन बनेकाले त्यसबारे समझदारी कायम गर्ने प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा
-
अब व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित