राजनीति
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
बिहीबार, २६ माघ २०७९, १७ : ५२
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले तीनवटै पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने निष्कर्ष रहेको बताए ।
‘रास्वपा, जसापा र उन्मुक्तिलाई सरकारमा सहभागी गराउनुपर्छ र गठबन्धन टिकाएर लैजानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ’, नेता ज्ञवालीले भने रास्वपाले सरकार छोड्नु दुखद विषय भएको र त्यसको समीक्षा हुँदै जाने बताए । उनले भिन्न भिन्न दलहरु मिलेर सरकार र गठबन्धन बनेकाले त्यसबारे समझदारी कायम गर्ने प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण