सुदूरपश्चिम सरकारबारे देउवा र नेपालबीच छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान देउवाको निवास धुम्बाराहीमा सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा उनीहरुबीच छलफल भएको हो ।
नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । शुक्रबार उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ । देउवा र नेपालको छलफलपछि मुख्यमन्त्री शाहसँगै कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री बनाउने तयारी छ ।
कांग्रेसबाट सांसद प्रकाश देउवा र एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बन्ने भएका छन् । माओवादी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने उद्देश्यले आज दुई जना मात्र मन्त्री नियुक्त गरिने कांग्रेसका एक सांसदले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण