तोलामा चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
आइतबार, २९ माघ २०७९, १० : ५०
काठमाडौँ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । जुन, आज आइतबार ४०० ले बढेर कारोबार सुरु भएको हो । आज, तेजाबी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य १ हजार २९० रुपैयाँ प्रतितोला थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण