सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मङ्गलसूत्र र सिन्दूर नलगाएको भन्दै ट्रोलरको निशानामा आथिया शेट्टी

आइतबार, २९ माघ २०७९, ११ : १७
आइतबार, २९ माघ २०७९

आथिया शेट्टीलाई विवाह पछि सिन्दूर र मङ्गलसूत्र नलगाएको भन्दै धेरैले ट्रोल गरेका छन् । आथियालाई पछिल्लो पटक निलो सर्ट र निलो जिन्स (क्याजुयल लुक) मा देखिएपछि उनी ट्रोलर्सको निशानमा परेकी हुन् । 

उनको फोटो र भिडियोमा धेरैले विभिन्न खालका कमेन्ट गरेका छन् । एक जनाले उनको भिडियोमा कमेन्ट गर्दै लेखे, ‘त्यसैले मलाई यी मानिसहरूप्रति घृणा छ । विवाह पछि पनि उनीहरू सिन्दूर, टिका र चुरा लगाउँदैनन् ।’

Captureयस्तै, एक ट्रोलरले लेखेका छन्, ‘सबैको हाल यस्तै छ, एक दिनको सिन्दूर लाग्छ, अनि पुग्यो ।’

Capture1आथियालाई देखेर एक जनाले लेखे, ‘कसैले भन्दैन उनको विवाह भएको छ । मङ्गलसूत्र त लगाइनन्, लगाइनन् कम्तीमा श्रीमानको नाममा सिन्दूर त लगाएको भए हुन्थ्यो नि ।’

२३ जनवरीमा भएको थियो विवाह

आथिया शेट्टी र क्रिकेटर केएल राहुल २३ जनवरीमा विवाह बन्धनमा बाँधिएका थिए । यी दुईको विवाह सुनिल शेट्टीको खण्डालास्थित फार्म हाउसमा भयो । विवाहमा केही सीमित पाहुनाको उपस्थिति थियो । विवाहलाई पूर्ण रूपमा गोप्य राखिएको थियो । आथिया र राहुल चार वर्षको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप