कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
सोमबार, ०१ फागुन २०७९, १८ : ४९
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
सभापति देउवालाई भेट्न सोमबार अपराह्न विदेश सचिव क्वात्रा देउवा निवास पुगेका हुन् ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए ।
क्वात्राले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन् ।
यसअघि उनले परराष्ट्र मन्त्री विमला पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण