दैलेखमा श्रीमानद्वारा श्रीमतीको हत्या
मङ्गलबार, ०२ फागुन २०७९, १४ : ३५

सुर्खेत । दैलेखमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोमबार जिल्लाको राती गुराँस गाउँपालिका ८ माथिल्लोगार्जाका २८ वर्षीय कृष्ण बहादुर खड्काले १७ वर्षीय श्रीमती पार्वती बिसीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार सामान्य वादविवादमा झगडा हुँदा खड्काले पिटेर हत्या गरेका हुन् । पार्वतीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार कृष्ण बहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
-
पूँजी वृद्धिका लागि २ वर्ष समय थप गर्न स्टक ब्रोकर एसोसिएसनको माग