के नेपालमै बाल क्यान्सरसम्बन्धी उपचार सम्भव छ ?
काठमाडौँ । अन्तर्राष्ट्रिय बाल क्यान्सरविरुद्धको दिवस नेपाल पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पाटन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘जीवन रक्षा तपाईँको हातमा’ भन्ने नारासहित जनचेनतामुलक कार्यक्रम गरी मनाएको छ ।
प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालमा उपचार गराएका कुनै पनि बिरामीलाई अन्य अस्पतालमा रिफरल नगर्ने उद्देश्यले स्थापना गरिएको प्याट्रायाटिक विभागमा बाल क्यान्सरको उपचार गर्न सुरु गरिएको तीन मात्रै पुगेको बताए ।
तीन वर्षको अवधिमा ५० जनाभन्दा धेरै बाल क्यान्सर रोगीको स्वास्थ्य उपचार गरिएको उनले बताए । पाटन अस्पतालमा बाल क्यान्सरको उपचार गराउन आएका अभिभावकको आर्थिक अवस्था कमजोर भएर फिर्ता नपठाएको निर्देशक डा. शाक्यको जिकिर छ ।
प्याट्रायाटिक विभागले विभिन्न सङ्घसंस्था सरकार, स्वयम पाटन अस्पतालको आर्थिक,प्रविधि दक्ष जनशक्तिको सहयोग ५० भन्दा धेरै बालबालिकालाई उपचार गर्न सम्भव भएको उनले बताए ।
यस्तै, कार्यक्रममा प्याट्रायाटिक विभागका प्रो.डा.गणेश साहले पाटन अस्पतालले अन्तर्राष्ट्रिय स्तरको बाल क्यान्सरसम्बन्धी सेवा दिँदै आएको बताए ।
नेपालमा बाल क्यान्सरको उपचार गर्ने अस्पताल कम भए पनि पाटन अस्पतालले गुणस्तरीय सेवा दिएको कार्यक्रम विभाग प्रमुख साहको जिकिर छ ।
यस्तै,कार्यक्रममा प्याट्रायाटिक विभागका डा सुचरिता तुलाधरले बालबालिका लाग्ने क्यान्सर समयमै पहिचान गरिएमा निको पार्न सकिने बताइन् । नेपालमा बाल क्यान्सरका बिरामी समयमै पहिचान कम हुने डा. तुलाधरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण