निर्मल ज्योति क्वाटरफाइनलमा
बुधबार, ०३ फागुन २०७९, २३ : १८
काठमाडौँ । निर्मल ज्योति सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा निर्मल ज्योतिले साम्तेनलाई १–० गोलले पराजित गर्यो । विजेताका निमा शेर्पाले निर्णायक गोल गरे ।
त्यस्तै माउन्ट सेब, कौतिल्य र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । माउन्ट सेबले विद्या विकासलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
कौतिल्यले मोनास्टिकमाथि ३–० को सहज जित दर्ता गर्यो । कौतिल्यका पदमराज खड्का, दिलसन श्रेष्ठ र सन्देश राउतले १–१ गोल गरे । नेक्ससले टाइमलाइनलाई २–१ गोलले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण