सांसद भण्डारीकाे स्वास्थ्य अवस्था बुझ्न देउवा कीर्तिपुर अस्पतालमा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा बिहीबार बिहान अस्पताल पुगेका हुन् ।
गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेको छ । देउवाअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, नेता शेखर कोइराला, केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतका नेताहरू अस्पताल पुगेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्मा भने बुधबार राति नै अस्पताल पुगेका थिए। यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण