बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

अभिनेत्री रक्वेल वेल्चेको निधन

बिहीबार, ०४ फागुन २०७९, १२ : १२
बिहीबार, ०४ फागुन २०७९

एजेन्सी । हलिउड अभिनेत्री रक्वेल वेल्चेको निधन भएको छ । सन् १९६० को दशकमा आफ्नो सुन्दरताका कारण मानिसको मनमा बस्न सफल अभिनेत्रीको ८२ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्ट्रिय सेक्स सिम्बोलका रुपमा समेत चर्चित उनी लामो समयदेखि बिरामी थिइन् । रक्वेलको मृत्यु उनका प्रबन्धक स्टिभ साउरले बाहिर ल्याएका हुन् । ५० वर्षको अभिनय करियरमा उनले  ३० फिल्म र ५० टेलिसिरियल अभिनय गरेकी छन् ।

यसको अलवा उनले धेरै प्रोजेक्टमा क्यामियो पनि गरेकी छिन् । बोल्ड क्यारेक्टरका लागि मानिसहरु माझ चर्चित उनले गोल्डेन ग्लोब अवार्ड पनि हात पारेकी छन् । अभिनेत्रीका एउटा छोरा डेमन वेल्चे र छोरी टाउनी वेल्चे छन् । सन् १९६० मा हलिउडमा करियर सुरुवात गरेकी उनलाई ‘फ्यान्टास्टिक ब्वाइज’ र ‘वन मिलियन इयर्स बीसी’ बाट पहिचान मिलेको थियो । यी फिल्ममा उनको अभिनयको मानिसहरु दिवाना थिए । सन् १९७३ को फिल्म ‘द थ्री मस्केटियर्स’ का लागि उनलाई हलिउडको सबैभन्दा प्रतिष्ठित अवार्ड गोल्डेन ग्लोबबाट सम्मानित गरिएको थियो ।

फिल्म ‘वान मिलियन वर्ष ईसा पूर्व’ मा अभिनय गरेको कारण उनलाई सेक्स सिम्बल र सेक्स बमको नाम दिइएको थियो । उनका चर्चित फिल्म ‘१०० राइफल्स’, ‘द प्रिन्स एण्ड द पपर’, ‘चेयरम्यान अफ द बोर्ड’ र ‘लिगली ब्लोन्ड’ जस्ता धेरै छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप