आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुका निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै

निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पार्टी कार्यालयमा बस्दै
शुक्रबार, ०५ फागुन २०७९, ०९ : १०
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत सम्पन्न भयको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ। 

नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्। शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ। 

महाधिवेशनबाट अध्यक्षमा समिक बडाल,  उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन। त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। 

फागुन २ गतेदेखि सुरु भएको महाधिवेशनमा १५१७ जनाले मतदान गरेका थिए। महाधिवेशनले २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप