अनेरास्ववियुका निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै
काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत सम्पन्न भयको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ।
नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्। शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ।
महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन। त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।
फागुन २ गतेदेखि सुरु भएको महाधिवेशनमा १५१७ जनाले मतदान गरेका थिए। महाधिवेशनले २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण